लायन्स क्लव सल्यानटारकाे कार्यक्रममा ४४ जनाद्वारा रक्तदान

Avatar photo
सन्जु श्रेष्ठ
बिहिबार, साउन १२, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा आज २ महिला र ४२ पुरुष गरी ४४ जनाले रक्तदान गरेका छन् ।

५६ औँ राष्ट्रिय रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा लायन्स कल्ब अफ सल्यान्टार धादिङले आयाेजना गरेकाे कार्यक्रममा ४४ जनाले रक्तदान गरेका हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।