
काठमाडौं । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।
इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो ।
सोही क्रममा १०५ जनाको मृत्यु भएको राज्यका स्वास्थ्यमन्त्रीले जनाएको छ । सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको स्वास्थ्यमन्त्री जमाल नासेरले भने । पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ ।
