प्रचण्ड भारत भ्रमण सकेर फर्किए, मोदी सँग भएन भेट

Avatar photo
Dhadingpost
साउन १, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । फर्किए लग्गतै प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टीले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् ।

उनले भने, ‘भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा म भारत गएको हुँ। राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भ्रमण गरेको हो। भ्रमण अपेक्षा गरेअनुसार सफल भएको छ। सोचेभन्दा राम्रो भएको छ मेरो भ्रमण।’

अध्यक्ष दाहालले नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा आरजु देउवासँग भेट भएको र अरु त्यस्तो केही कुरा नभएको बताए। तर, यो कुरालाई अतिरञ्जित बनाइएको उनले गुनासो गरे ।

भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने जनाएका प्रचण्डले अन्नत मोदीले समय नदिँदा नभेटि फर्किएका छन् । भ्रमणका क्रममा प्रचण्डले विगतको संन्धी पुनरावलकन गर्न भारत तयार रहनु पर्ने अभिव्यक्ति दिएकाले मोदीले भेटन अस्वीकार गरेको हुन सक्ने बताइएको छ ।