
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने र कांग्रेसले तालमेल नगरे अर्को पाट्नर खोज्ने दावी गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले भने कांग्रेस गठबन्धन गर्न तयार हुनै पत्र नत्र माओवादी अर्को पाट्नरको खोजिमा हुने बताएका हुन् ।
खाँणले सरकार सँग अहिले हतियार किन्न पैसा नै नभएको समेत बताएका छन् । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’ उनले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने पनि बताएका छन् ।
