सगरमाथा भन्दा अग्लाे मान पाईन्छ
मेराे प्यारा जनता टन्न खान पाईन्छ ।
सबै नेता भ्रष्टाचारी हामी हाैँ सद्गुणी
समर्थन गर्नुस हामिलाई दान पाईन्छ ।
मेरा प्यारा कर्णिप्रय दाजुभाई दिदी बहिनी
माैका गुम्न नदिनुस् कति जिन्सिकाे थान पाईन्छ ।
जिताउनुस् एकजुट भएर अहिले हामिलाई
आँगन- दैलाेमा माेटर बाटाे लान
पाईन्छ ।
अरु सबै जाली छन् गर्नुस् पराजय तिनलाई
चिन्ता छाेडि आउनु यता सान पाईन्छ ।
मात्रिभूमि रित्तो हाेला चिन्ता कति नगरे
भाेट खसे पुग्छ अमेरिका ,जापान जान पाईन्छ ।
सगरमाथा भन्दा अग्लाे मान पाईन्छ
मेराे प्यारा जनता टन्न खान पाईन्छ ।
-दिपक सापकोटा