भरत ढुंगाना र बैकुण्ठ पोखरेलको आजैका दिन, यसरी भएको थियो हत्या

Avatar photo
Dhadingpost
असार ३१, २०७९

धादिङ । निःशस्त्र अवस्थामा रहेका नुवाकोट जिल्लाको जिलिङका माओवादी नेता भरत ढुंगाना र बैकुण्ठ पोखरेललाई आजैका दिन अर्थात ०६१ असार ३१ गते धादिङको गुम्दीमा सेनाले चरम यातना दिएर हत्या गरेको थियो ।

भरत ढुङ्गाना र विद्यार्थी नेता वैकुण्ठ पोखरेल संविधान सभाको प्रचार अभियान लिएर धादिङ हुँदै गोरखातिर जाने क्रममा २०६१ साल असार ३१ गते धादिङको गुम्दी स्थित मनबहादुरको घरमा घाइते सुवास तामाङलाई भेट्न पुगेका थिए । त्यहीबेला तत्कालीन शाही सेना त्यहाँ आइपुगेछ र आँगनको अर्को पट्टि भएको गोठमा गोबर फालिरहेकी आमालाई हप्काउँदै सैनिकहरूले सोधेछन्– “ए बुुढी, सातदोबाटो जाने बाटो कता हो रु” ।

त्यति नै बेला भरत र बैकुण्ठले ‘को हो रु’ भनेर आँगनमा आएर हेर्दा सेनाले देखेपछि यीनीहरु मओवादीजस्ता छन् । ए ठोक् ठोक् सालेलाई” भन्दै लखेटेछन् । आँगनबाट एक कान्ला तल झर्ने बित्तिकै गिरफ्तारीमा परेका दुबै जनालाई चरम यातना दिइएको स्थानीयहरु बताउँछन् । चरम यतना यति सम्मकी दुवै जनाको दुईवटै आँखाहरू निकालेर फाल्दै क्रुरतापूर्वक हत्या गरिएको थियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार पहिला विद्यार्थी नेता बैकुण्ठ पोखरेल र २ घण्टापछि भरत ढुङ्गानाको हत्या गरिएको थियो । बैकुण्ठको शव देखाएर ढुङ्गानालाई धेरै पीडा र यातना दिँदैआत्मसमर्पण भनियो तर मानेनन्, अनेक प्रयासहरू असफल भएपछि सेनाले कुटपिट गरेर अर्धबेहोस पारेर हरियो सालको पातले छोपिएको अर्धमृत शरीरमा मट्टीतेल खनाएर आगो लगाएर हत्या गरेका थिए ।