
काठमाडौं । युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सम्पदा संरक्षणमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रिय युवा परिषद अन्तर्गत पर्यटन पथप्रदर्शक युवा सञ्जालद्धारा आयोजित “सम्पदा पदयात्रा’ को समापन कार्यक्रममा बोल्दै मन्त्री अथकले देशको संस्कृती र सम्पदा जोगाउन जिम्मेवारी युवाहरुको काँधमा रहेको बताएका हुन् ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सवै क्षेत्रका युवा समेट्ने योजना अनुसार पथ प्रदर्शक युवा सञ्जाल गठन गरिएको बताएका थिए ।
काठमाडौंको ठमेल स्थित सञ्चयकोष भवन अगाडिवाट शुरु भएको पदयात्रा पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँुंदै वसन्तपुरको दरवार स्क्वायर पुगेर समापन भएको थियो ।
