
धादिङ । त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेल आफै उपस्थित भएर चट्याङबाट मृत्यु भएका लिलामानको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
चट्याङबाट सल्यानटारका लिलामान कुमालको असार १४ गते असामहिक निधन भएको थियो । मृतक लिलामान कुमालको परिवार भेट्न पुगेका अध्यक्ष र उपाध्यक्षले राहात स्वरुप बुधबार नगद २० हजार गाउँपालिकाको तर्फबाट सहयोग गरेका हुन् ।