त्रिपुरासुन्दरीका पहिरो प्रभावितलाई भेट्न पुगे पालिका प्रमुख र उप प्रमुख

Avatar photo
सन्जु श्रेष्ठ
सोमवार, असार १३, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख राजु उप्रेती, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत इन्द्र खतिवडा र वडा अध्यक्ष राहात लिएर बाढिपहिरो प्रभावितलाई भेट्न पुगेका छन् ।

अविरल वर्षको कारण केहि दिन अघि जनधनको क्षेति हुने गरि पहिरो गएपछि उनीहरु राहत लिएर पहिरो पिडितहरुलाई भेट्न पुगेका हुन् । उनीहरुले आपतकालिन सहयोग गर्दै भविष्यको दिनमा थप क्षति हुनबाट कसरी बच्न र बचाउन सकिन्छ भन्ने बिषयमा पनि प्रभावित नागरिकहरूसंग छलफल गरेका छन् ।

अहिले वर्षाको मौसम रहेकोले पनि हाम्रो भौगोलिक अबस्था अनुसार हामिले सामना गर्नुपर्ने मौसमी चुनौतिलाई स्थानीय सरकार, नागरिक समाज, विभिन्न संघरसंस्था एवं स्थानीयहरु सबैको सहकार्य अवस्यक रहेको समेत अध्यक्ष उप्रेतीले बताए ।

यस गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि आकस्मिक तथा राहत उद्दार कोष संचालनमा ल्याउँदै २५ लाख विनियोजन समेत गरेको छ ।