धादिङका हरि सिलवाल प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

Avatar photo
Dhadingpost
सोमवार, असार १३, २०७९

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका नलाङ स्थायी घर भई काठमाडौंमा बस्दै आएका डा. हरि प्रसाद सिलवाल प्रादेशिक प्रतिभा पुरस्कार, २०७८ (बागमती प्रदेश) बाट पुरस्कृत भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उनलाई संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तरगत राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार ०७८ मा बागमती प्रदेशबाट पुरस्कृत गरेको हो ।

नेपाली साहित्यको उपन्यास विधामा विद्यावारिधि गरेका डा। सिलवाल साहित्य (निबन्ध, कविता, गीत, नाटक, बालसाहित्य, समालोचना), सम्पादन र प्राध्यापन क्षेत्रमा क्रियाशील छन् । आर. आर. क्याम्पस, प्रदर्शनीमार्ग काठमाडौँमा नेपाली विभागको उप-प्राध्यापकका रहेका सिलवालले स्नातक तहमा अध्ययन गर्दागर्दै २०५५ मा ‘नवआकाश’ नामक निबन्धसङ्ग्रह प्रकाशित गरेका थिए ।

साहित्यिक समालोचनामा आफ्नो प्रखर कलम समेत चलाउँदै आएका सिलवाल हाल प्रलेसको बागमती प्रदेशको अध्यक्ष समेत रहेका छन् । हालसम्म उनका सातओटा कृति प्रकाशित छन् ।