
काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नेपालका राजनीतिक दलहरुको भिडमा फेरि अर्को पार्टी जन्माएका छ् ।
राष्ट्रिय सभामा एक कार्यक्रममाको आयोजना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । उनले आफ्नो चुनाव चिन्ह घण्टी रहेको समेत घोषणा गरेका छन् ।
कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन् । आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छुु, उनले भने ।
पार्टी घोषणा गर्दै उनले भने, ‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीबाट अघि बढ्छु । म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु । नयाँ दल बनाएर, नयाँ म्यान्डेट दिन तयार भएर आएको छु ।’
उनले सबै राजनीतिक दलबाट अफर आएको बताउँदै आजको मितिसम्म दर्ता भएका कुनै राजनीतिक दलमा प्रवेश गर्दा कुनै परिवर्तन गर्न नसकिने बताए। उनले थपे, ‘यो देशमा प्रत्येक राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । तिनको सम्मान गर्न चुक्दिनँ । पार्टीभित्र धावा बोलेनन् । पर्खेर बसे । ठूलो नेताको मृत्युपछि त्यही पदमा पुग्ने आकांक्षा गरे। उमेर पुगेपछि वृद्धभत्ता पाइन्छ, सत्ता पाइँदैन ।’
उनले सवै क्षमतावान स्वतन्त्रहरुलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गरे । स्वतन्त्र भएर पार्टीमा रहन चाहनेका लागि आफूले विकल्प दिएको बताए । आम निर्वाचनमा उठ्नका लागि पार्टीभित्र चुनाव हुने उनले बताए । उनले आफू क्षमता भएसम्म पार्टीमा बस्ने बताएका छन् । उनले भने, ‘यो स्वतन्त्र उम्मेदवारहरुको पार्टी हो । म क्षमता हुन्जेल यहाँ बस्नेछु, क्षमता नहुँदा नहुँदै र्याल चुहाउँदा चुहाउँदै म पार्टीमा बस्ने छैन ।’
