शिक्षाका योजना निमार्णमा स्थानीयतहले गर्न सक्ने कार्यहरु

Avatar photo
Dhadingpost
मङ्लबार, असार ७, २०७९

स्थानीय तहमा नयाँ जनप्रतिनिधिको प्रवेश र नीति कार्यक्रमतथा बजेट निर्माणको समयमा छौ । राज्यले समग्रमा सबैभन्दा धेरै लगानी गरेको क्षेत्र शिक्षा स्वास्थ्य पनि हो ।

नेपालको नयाँ संघीय शासन व्यवस्थाले अगिंकार गरेका अधिकार र कर्तव्यका संहिताकै आधारमा आफुले पाएका अधिकारको अधिनमा रही तीनै तहका सरकारले नीति, कार्यक्रम र योजना बनाउदै गरेको यस समयमा शिक्षा क्षेत्रको विकासका लागि केहि न्यूनतम घोषणा स्थानीयतहले गर्दछन । स्थानीयतहलाई दिइएको माध्यमिकतहको शिक्षा सम्मको अधिकार आर्थिक कार्य सम्पापदनका आधार भन्दा कम रहेका छन ।

बजेटका धेरै हिस्सा चालु खर्चमा खर्च हुने हुनाले स्थानीयतहले चाहेर पनि चाहे अनुसारको रकम खर्च गर्न नसकेको कुरा वर्तमानको यथार्थता हो । विद्यालयमा सुधार गर्न पर्ने पक्षका लामै सुची बनाउन सकिन्छ । तर अहिलेको परिवेशमा विद्यालयमा खड्केको पक्ष भनेको प्रधानाध्यापकको व्यवस्थापकिय कौशलता एक मुख्य कुरा हो । राम्रा र कुशल प्रधानाध्यापक भएका विद्यालयका चर्चा हामीले सुनेका छौ ।

त्यसो त विद्यालयमा प्रधानाध्यापकलाई सफल बनाउन एउटा शिक्षक एउटा अभिभावक तथा सम्रगमा सबै सरोकारवालाको उतिकै जिम्वेवारी रहेको छ । देशभरका स्थानिय तहमा भएका र गर्न सकिने उदाहरणिय कार्यहरु समेटिएकोे कामको सुचीः

  • गाउँपालिकामा भएका जेहेन्दार, लगनशील तथा भविष्यमा केहि सम्भावना देखिएका विद्यार्थीहरुलाई पालिका कै खर्चमा प्राविधिकजन शक्ती (डाक्टर, पाइलट, इन्जिनियर) तयार गर्न ऋण तथा अनुदान मार्फत लगानी गर्ने ।
  • गाउँपालिका भरका माध्यमिक तथा आधारभुत विद्यालयमा विश्व विद्यालयका विद्यार्थीहरु मार्फत विज्ञान तथा गणित प्रयोगात्मक प्रर्दशनी कार्यक्रम संन्चालन गर्ने ।
  • शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाको अगुवाइमा दान । दातव्य तथा चन्दा संकलन खाता संञ्चालन गरी एकद्धार प्रणाली मार्फत विद्यालयमा भौतिक तथा शैक्षिक विकासको पहल गर्ने ।
  • प्रत्येक विद्यालयमा पुर्व विद्यार्थी समिति गठन (अल्मुनाई) तथा त्यस मार्फत सामुदायिक शिक्षाको स्तर माथी उठाउन पहल गर्ने तथा अगुवाइका निम्ति गाँउ शिक्षा समितिले पहल गर्ने ।
  • स्वास्थ्य सम्बन्धी चेतनाका लागि स्वास्थ्य चौकी, शिक्षा शाखा तथा सरोकारवालाको सहभागितामा सातामा एक दिन एक विद्यालय एक स्वास्थ्यलय चेतना मुलक कार्यक्रम संन्चालन गर्ने ।
  • अपाङगता तथा फरक क्षमता भएका बालबालिकालाई विशेष शिक्षाको व्यावस्थाका निम्ति आवश्यक र्पुवाधार तथा समन्वयको विकास पालिका कै खर्चमा एक विशेष विद्यालयको स्थापनाका लागि अहिलेलाई कुनै विद्यालयमा एक शिक्षक एक कक्षाकोठाबाट भएपनि सुरु गर्ने ।
  • एक वडा एक माध्यमिक आवासिय विद्यालयको संन्चालनका विषयमा अध्ययन तथा प्रतिवेदन समिति गठन गरि कार्य तत्काल अगाडी बढाउने ।
  • एक वडामा कम्तीमा एक नमुना विद्यालय संन्चालानार्थ विद्यालयहरुको आपसी तालमेल अभिभावक तथा सरोकार पक्षको वडा समिति मार्फत कार्य गर्ने ।
  • हरेक महिनाको एक पटक शिक्षा सम्बन्धी भए गरेका नमुना अभ्यास सार्वजनिक गर्न SHARE, CONNECT , ENGAGE कार्यक्रम मार्फत विद्यालय शिक्षक, छात्रा, छात्रको समुह निर्माण गरि छलफल गर्ने
  • प्रधानाध्यापक, शिक्षकहरुलाई कमखर्चमा ICT based छोटो अबधिको तालिम दिने
  • लागत साझेदारीमा ल्यापटप तथा प्रविधियुक्त सामाग्री वितरण
  • नेपाल सरकारले गरेको घोषणा बमोजिक प्रत्येक विद्यालयमा नेपाल दुरसंन्चार प्राधिकरणको अगुवाइमा इन्टरनेट जडान कार्यको तिव्रतातथा संन्चालनमा सहयोग पुर्‍याउने ।
  • समुदायको सहयोग, सहभागिता तथा प्रतिनिधित्व विना शिक्षाको स्तर अघि नबड्ने हुदा सबैको सहभागिताका लागि पहल गर्ने
  • प्रत्येक वडामा वडा समितिको पहलमा माध्यमिक विद्यालयको संयोजकत्वमा इ लाइब्रेरीको व्यावस्था गर्ने
  • कम विद्यार्थी सङख्या भएका विद्यालयको मर्जर प्रक्रिया सुरु गर्ने ।
  • भौगलिक रुपले सुगम स्थानमा एकै ठाउमा नजिक नजिक रहेका २ निमावि १ मावि चलाउनुको साटो स्कुल बस तथा विद्यार्थी आवासको व्यवस्था गरि एक अत्याधुनिक सुविधा सम्पन्न मावि बनाउन आवश्यक अध्ययन तथा प्रक्रियागत रुपमा अघि बढ्ने ।
  • प्राविधिकधार चलेका विद्यालयका विद्यार्थीलाइ नेपाल सरकारबाट ओजिटी वापत प्राप्त रकमको उपयोग गर्दै हरेक सामुदायिकविद्यालयका कक्षामा प्राविधिक विषय तथा सिपकाबारेमा १५ दिन अनिवार्य कक्षा संन्चालन गर्न लगाउने
  • शैक्षणिक तथा व्यवस्थापकिय कार्य बहन गर्न नसक्ने प्रधानाध्यापकको जिम्मेवारी हेरफेरका लागि प्रधानाध्यापक छनौट कार्यविधि निमार्ण गरि सम्पुर्ण शिक्षकहरुलाई आचार संहिता पालना तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रतिबद्ध गराउने ।