भाडामा बस्ने विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो बाँडिने

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७९

काठमाडौं । आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीहरु जो भाडामा बसेर पढि रहेका छन् उनीहरुलाई निस्शुल्क विद्युतीय चुलो (इन्डक्सन) बाँड्नका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन माग गरेको छ ।

काठमाडौंमा भाडामा बसेर सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत ती समुदायका विद्यार्थीले चुलोको लागि असार ९ गतेभित्र निवेदन दिन सक्ने कन्द्रले जनाएको छ ।

विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ । आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ ।