हट्यो आईतबारको विदा

Avatar photo
Dhadingpost
जेष्ठ २३, २०७९

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

बैठकले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यो सरकार बनेदेखि नै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले लगेका थिए ।