
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा पेस्ट बनाई लुकाई छिपाई सुन ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुवईबाट काठमाण्डौ आउने नेपाल वायु सेवा निगमFlight No.RA230 को जहाजमा केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याउदै छन् भन्ने गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न अन्य ५ जना व्यक्तिहरूलाई समेत काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहिका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ७ जना यी हुन्
१. नामः सुरेश बहादुर शाही
उमेरः ४२ वर्ष
ठेगानाः जुनियाँ-०८, गुल्मी
हालः सैनामैना-०१, रूपन्देही
२. नामः सन्दिप चन्द ठकुरी
उमेरः २९ वर्ष
ठेगानाः बाणगंगा-०८, कपिलवस्तु
३. नामः निर्मला घलान
उमेरः २२ वर्ष
ठेगानाः जितपुरसिमरा-१६, बारा
हालः का.जि.बौद्ध
४. नामः राहुल भन्ने बरूण भक्त माथेमा
उमेरः ४१ वर्ष
ठेगानाः बडेश्चर-०४, धनुषा
हालः का.जि.बुढानिलकण्ठ
५. नामः लोप्साङ ग्याल्सेन
उमेरः २७ वर्ष
ठेगानाः चिन तिब्बत छेन्दु
हालः का.जि.बौद्ध
६. नामः युवराज भुषाल
उमेरः ४२ वर्ष
ठेगानाः सुनवल-१०, नवलपरासी पश्चिम
हालः का.जि.माछापोखरी
७. नामः अमन राजपुत
उमेरः ५१ वर्ष
ठेगानाः भारत दिल्ली कृष्णनगर
हालः जि.ललितपुर, बागडोल
