नेकपा एसले पुरानालाई हटाउँदै नयाँलाई मन्त्री बनाउने

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७९

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम हेरफेर गरेको छ । पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको हो ।

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन् । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ । केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । पर्यटनमा श्रेष्ठ, शहरी विकासमा मेटमणी र श्रममन्त्री कुँवर बन्दै छन् ।

निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए । ‘उहाँहरूलाई बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने ।