कात्तिकमा संघ र प्रदेशको चुनाव गर्न झलनाथ खनालको सुझाव

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले कात्तिक महिनामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्न सुझाव दिएका छन् । बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकमा खनालले कात्तिकमा संघीय र प्रदेशको चुनाव गर्न प्रस्ताव सुझाव दिएका हुन् ।

मंसिरमा चिसो बढ्ने र चुनाव गर्न कठिनाई हुने भएको भन्दै त्यसअघि नै चुनाव गर्नुपर्ने खनालको भनाई थियो । ‘मंसिरमा हिमाली भेगतिर चिसो बढिसकेको हुन्छ, हिउँ पर्न सक्ने भएकोले समस्या हुने खनालले बताए ।

२०७४ मा मंसिर १० र २१ गरी दुई चरणमा संघीय संसद र प्रदेशसभा चुनाव भएको थियो । निर्वाचन आयोगले अन्तिम मतपरिणाम भने फागुनमा मात्रै बुझाएको थियो । गठबन्धन बैठकमा केही नेताहरूले भने प्रतिनिधि सभाको कार्यकाल पूरा हुन दिनुपर्ने बताएका थिए ।