
काठमाडौं । माओवादीजस्तो कुरा गरेर बालेन र हर्कले भोट ल्याए, ‘माओवादीको जस्तै कुरा गरेकाले धरान र काठमाडौंमा जनताले स्वतन्त्रलाई भोट दिएका हुन् स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न प्रचण्डले आग्रह गरेका छन् ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै काठमाडौं र धरानका स्वतन्त्र अलि फरक देखिएको, उनीहरूबाहेक अरु कोहीपनि स्वतन्त्र नभएको टिप्पणी गरे । काठमाडौं र धरानका स्वतन्त्रहरूले माओवादीको जस्तै कुरा गरेकाले जनताले भोट दिएको उनले बताएका हुन् ।
‘दुईवटा मान्छे अलि भिन्न ढंगले आए । अरु कोही स्वतन्त्र ठानेको छैन मेले । उनीहरूले चाहिँ माओवादीको जस्तो कुरा गरेका छन् । त्यसैले उनीहरूलाई जनताले मत दिएको हो,’ प्रचण्डले भने ।
प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानमन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’
