एकै परिवारका ७ जना थिए, दुर्घटनाग्रस्त तारा एयरको जहाजमा

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०७९

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेका मध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका एकै परिवारका ७ जना रहेको पुष्टि भएको छ ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।