हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०७९

काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्त नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।