
काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।
सरकारले ग्याँस सिलिण्डर विस्थापन गर्ने अभियान अनुरुप यो अनुदन कार्यक्रम ल्याएको बताईएको छ । ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम समेत वजेटमा घोषणा गरिएको छ ।
