मुक्तक: मैले हास्न सिकेको छु

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १२, २०७९

1)
मैले हास्न सिकेको छु, आफ्नै हारमा पनि
थाहा पाए पछि जित लेखेको छैन निधारमा पनि ।
माया यसरी बसेको छ दिलभित्र भन्न सक्दिन,
जसरी झट्का बसेकोछ बिजुलिको तारमा पनि ।
छोड्न मन मान्दैन, राख्न जीवन मान्दैन उस्लाइ,
यो मायाले बडो पार्दो रेछ महोदय दोधारमा पनि
माफ गर्नुहोस, पानी सम्म चोर्न सकिन,अन्खराको,
जयजय त लुट्नेकै हुने रहेछ सन्सारमा पनि ।

2)
तिमी त्यो याद हौ जो पलपल बल्झिनु पर्छ
आसुले पनि त सिरानी सम्म पुगेर ओभिनु पर्छ ।
बिपना हो र ? बाच्दै गए खुम्चिदै जाने ??
तिमी त सपना हौ जति सक्छ तन्किनु पर्छ ।
कस्तो बुझ्दै नबुझी छुन आइपुग्नु भो, खसम,
नछुनुस एक्छिन परसरेकी छु चोखिनु पर्छ ।
हात लगाउन ननिहुरिनु सोभा खस्ला,
म खुट्टाको मैलो हु खुट्टाबाटै माडिनु पर्छ ।

3)
दुनिया सङ लड्न दुनिय जस्तो भएर आउनु पर्छ
यो त …..हरुको सहर हो, जोरसङ चिच्याउनु पर्छ ।
घरी बाख्रा छोडेको छ, घरी कुखुरा छोडेको छ,
किन बुझ्दैन छिमेकी करेसामा सब्जी लगाउनु पर्छ ।
कहाँ बस्छ बानी ? तेस्सै बसाल्दै नबसाली
पहिले लाज मान्नु पर्छ अनि पचाउनु पर्छ ।
तलाइ काधमा बोकेको पनि छोरो यहि देखाउन हो,
मेरो लासलाइ पनि तैले यसरिनै काधमा उठाउनु पर्छ ।

4)
यहि एउटै बाटोमा मान्छे, गाडि हिनेको छ
कोहि अघि अघि छन कोहि पछाडी हिनेको छ ।
यो ऎना भन्दा पारी सुन्दर सपना भए जस्तो,
कतै रुख हिनेका छन कति झाडी हिनेको छ ।
गाउँ बसेर तेरो जीवन सुध्रीदैन भन्छन पख,
जुग फेर्न सहरतिर यो पहाडि हिनेको छ ।
नसामा हुनु पर्छ या दसामा हुनु पर्छ यो लोग्ने,
समाएर अर्कै महिलाको नाडी हिनेको छ ।