गंगाजमुनाको अध्यक्ष र उपाध्यक्षद्वारा पुजापाठ गरि पदभार ग्रहण

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १२, २०७९

धादिङ । गंगाजमुना गाउँपालिकाका नव निर्वाचित अध्यक्ष भक्त लामा र उपाध्यक्ष रामेश्वर सिंखडाले आज पुजापाठ गरि पदभार ग्रहण गरेका छन् । अध्यक्ष लामा कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष सिंखडा माओवादी केन्द्रबाट विजयी भएका थिए । जेष्ठ ९ गते सबै पालिका प्रमुखहरुले सपथ लिए सँगै अधिकांश पालिका प्रमुख तथा उप प्रमुखले पदभार ग्रहण गरि सकेका छन् भने गंगाजमुनामा साईत जुराएर आज पुजापाठ गरी अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।

नीलकण्ठमा माओवादी केन्द्रबाट उपमेयरमा विजयी बनेका दिपक विश्वकर्मा र बेनीघाट रोराङमा एकीकृत समाजवादीबाट उपाध्यक्ष मा निर्वाचित टापबहादुर श्रेष्ठले शपथ ग्रहण गर्दा इश्वर शब्द उच्चारण नगरि शपथ ग्रहण गर्दा कम्युनिष्ट आचणको व्यख्या हुँदै गर्दा गंगाजमुनामा माओवादी केन्द्रबाट उपाध्यक्ष बनेका सिंखडाले पुजापाठ गरि पदभार ग्रहण गरेपछि माओवादी वृतमा चर्चा सुरुभएको छ ।

पदभार ग्रहण गर्दै अध्यक्ष भक्त लामाले गंगाजमुनामा पालिकामा रहेका सबै दलितहरुको स्वास्थ्य विमा गर्ने घोषणा गरेका छन् । हामीले लामा र हिन्दुको पुरोहित सहितको पुजा गरेर मात्रै पदभार ग्रहण गर्नुभयो नि भनेर माओवादी केन्द्रबाट जितेका कम्युनिष्ट नेता समेत रहेका उपाध्यक्ष सिंखडालाई सोधेका थियौं । अध्यक्ष बौद्ध पर्नुभयो त्यसैले लामा विधि र आफू हिन्दु भएकोले हिन्दु पुरोहितबाट पुजापाठ गरेर पदभार ग्रहण गरिएको बताए ।