त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेसका उप्रेती र उपाध्यक्षमा माओवादीका धरेल विजयी

Avatar photo
सन्जु श्रेष्ठ
बिहिबार, जेष्ठ ५, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेकोछ । अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्ष मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेल विजयी भएका हुन् ।

अध्यक्षमा उप्रेतीले ६७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५१२६ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्ष देवराज धरेलले ६०३४ मत ल्याएका छन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५२१० मत ल्याएकी थिईन ।

निर्वाचित वडा अध्यक्षहरु
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट, कांग्रेस
त्रिपुरासुन्दरी२ कृष्ण बहादुर खत्री, एमाले
त्रिपुरासुन्दरी ३ कमल बहादुर थापा, एमाले
त्रिपुरासुन्दरी ४ कपिल देव सिंखडा, माओवादी केन्द्र
त्रिपुरासुुन्दरी ५ कुश बहादुर सिटौला, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ६ हरि विश्वकर्मा, माओवादी केन्द्र
त्रिपुरासुन्दरी ७ सुवास अधिकारी, दर्पण माओवादी केन्द्र