सिद्धलेककाे अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ४, २०७९

धादिङ । सिद्धलेक गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जितेकाे छ । अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएका हुन् ।

अध्यक्षमा खतिवडाले ७९५६ मत ल्याई विजयी भएका हुन् भने उनकाे निकटम प्रतिद्वन्दी एमालेका प्रेमनाथ सिलवालले ६१७१ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष अर्यालले ७३६२ मत ल्याईन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार कमला शर्माले ६२१२ मत ल्याएकी थिईन ।

निर्वाचित वडा अध्यक्षहरु
सिद्धलेक १ पेमा लामा माओवादी केन्द्र
सिद्धलेक २ मा सागर गुरुङ कांग्रेस
सिद्धलेक ३ देव पुलामी मगर एमाले
सिद्धलेक ४ झक बहादुर थापा मगर एमाले
सिद्धलेक ५ बुधे घले माओवादी केन्द्र
सिद्धलेक ६ सुरेन्द्र कुमार मगर
सिद्धलेक ७ सानो गिरी कांग्रेस