
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।
भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।
साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई स्वागत गरेका थिए ।
