सिद्धलेक १ मा फराकिलो मतान्तरले माओवादीका पेमा विजयी

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १, २०७९

धादिङ । धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं १ मा फराकिलो मतान्तर कायम गर्दै माओवादी केन्द्रका पेमा तामाङ विजयी भएका छन् ।

माओवादी केन्द्रका तामाङले वडा अध्यक्ष पदका लागि नेकपा एमालेका उम्मेदवार ईश्वर सिलवाललाई फराकिलो ५२० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

तामाङले वडाअध्यक्षमा १२ सय ४३ मत प्राप्तगरे भने एमालेका उम्मेदवार सिलवालले ७२३ मत मात्रै ल्याए । उक्त वडामा २०७४ सालको निर्वाचानमा नेकपा एमालेले जितेको थियो ।

वडा नं १ मा गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फ रुख चिन्हमा १२ सय ३७, उपाध्यक्षमा कलम चिन्हको १२ सय १९ मत प्राप्त भएको छ भने एमालेको अध्यक्ष सुर्य चिन्हमा ७६६ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ६९४ मत प्राप्त भएको छ ।