धादिङमा इटा उद्योगका १५ मजदुर बेखर्ची, भोट हाल्न रोल्पा जाने भाडा छैन

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २७, २०७९

धादिङ । मंगलबार मध्यन्न १२ बजे चर्को घाममा सिद्धलेक गाउँपालिकाको बुङचुङ स्थित कार्यलयमा परिसरबाट मनिल अनुसारका साथ रोडको किनार किनार परेवाटार सम्मको गन्तव्य बनाउँदै हिडि रहेका १५ जना मजदुर सँग हाम्रो जम्का भेट भयो ।

यस्तो घाम चर्कोमा साना नानी बाबु समेत बोकेर किन हिड्नु भएको भन्ने हाम्रो प्रश्नमा, वाध्यता हामी सँग भाडा छैन हिडेर परेवाटार पुग्न त्यति टाडा पनि हैन हामी गरिवको वास्तविक जिवन यहि हो एक युवाले जवाफ फर्काए ।

मैले आफ्नो परिचय दिएपछि उनीहरुको हिडाई रोकियो र केहि समस्याहरु सुनिदिन आग्रह गरे । त्यो मनिल र उदास पैदल यात्रीको कुरा सुन्न बाईक साईड लगाएँ र सोधें खास कुरा के हो ?

महिलाहरुले कुरा गर्न लाज मान्दै थिए, भने एक युवाले म भन्छु भन्दै आफ्नो कुरा यसरी राखे धादिङको सिद्धलेक गाउँपालिका स्थित परेवाटारमा रहेको एस. एल इट्टा उद्योगमा हामी २२ जना मजदुरहरुले ०७८ पुस १६ गते देखि अहिले सम्मको तलव नपाउँदा बेखर्ची बन्न पुगेका छौं । हामी सँग बेलुका खाने रासन समेत छैन । बेला बेला इटा उद्योग संचालक भक्तपुर निवासी नाती भक्त कुमरुले रासन खर्च भनेर केहि पैसा दिन्थे अहिले रासन खान समेत पैसा दिएका छैनन् उनले भने ।

ज्याला नपाएको गुनासो लिएर उनीहरु बैशाख २३ गते जिल्ला प्रशासन समेत पुगेका रहेछन् । जिल्ला प्रशासनले गाउँपालिकालाई पत्र लेखेर गाउँपालिका जान गाउँपालिकाले संचालनक सँग कुरा गर्ने भनेर फर्काएको रहेछ ।

उनीहरु सै विषयमा कुरा गर्न आज १० बजे नै गाउँपालिकाको कार्यलय पुगेका रहेछन् । तर उनीहरुलाई प्रमुख प्रशाकिय अधिकृतले आफुहरु निर्वाचनमा व्यस्त रहेको र कर्मचारीहरु समेत निर्वाचनका खचिएकोले निर्वाचन सकिएपछि आउन भनेर फर्काए सँगै उनीहरु निराश बन्दै फर्किएका रहेछन् ।

हामी बसेको ठाउँमा बत्तिको पैसा नतिरेको भनेर बत्ती समेत दिईएको छैन मोबाईल चार्ज गर्न पनि पाएका छैनौ अब त रासन पनि छैन साहुलाई कल गर्दा तैले के गर्न सक्छस् त्यहि गर भनेर भन्छन् । संचालनकले इट्टा बनाउँदै बेच्दै गरे अहिले इटा पनि छैन तलव पनि छैन हामी बेखर्ची छौं चुनावमा भोट हाल्न मन हुँदा हुँदै पनि रोकियौं ।

को-को हुन् ५ महिना देखि तलव नपाउने मजदुरहरु
१. विवस विक रोल्पा
२. जयकुमारी वली रोल्पा
३. सुनिता घर्ती रोल्पा
४. अम्मर जिम दाङ
५. सपना जिम दाङ
६. सम्झना महतरा दाङ
७. श्यामकुमारी डाँगी रोल्पा
८. दिलमायँ डाँगी रोल्पा
९. कमल डाँगी रोल्पा
१०. रन बहादुर डाँगी रोल्पा
११. रामचन्द्र डाँगी रोल्पा
१२. दिपक डाँगी रोल्पा
१३. मनप्रसाद केसी रोल्पा
१४. राम पुन रोल्पा
१५. निशा डाँगी रोल्पा
१६. आकृति डाँगी रोल्पा
१७. गणेश बाठा सल्यान
१८. मनिशा बाठा सल्यान
१९. जयन्ती घर्ती रोल्पा
२०. विक्रम घर्ती रोल्पा
२१. दिलमायाँ घर्ती रोल्पा
२२. नौलेसिं घर्ती रोल्पा