एकीकृत समाजवादीद्वारा माओवादीका रामेश्वर सिंखडालाई कार्वाही गर्न माग

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २७, २०७९

धादिङ । एकीकृत समाजवादी गंगाजमुनाले सोमबार एक विज्ञप्ती जारी गर्दै माओावदी केन्द्रबाट गंगाजमुनाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका रामेश्वर सिंखडाको नामै तोकेर कार्वाही गर्न अव्हान गरेको छ ।

सत्ता गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रले गरेको सहमति अनुसार गंगाजुनाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीका नारायण बहादुर कार्कीलाई उठाईएको र माओवादी केन्द्रका सिंखडाले सहमति उल्लंघन गर्दै उपाध्यक्षमा दिएकोले तत्काल कार्वाही गर्न एकीकृत समाजवादी गंगाजमुनाले आव्हान गरेको हो ।

एकीकृत समाजवादी गंगाजमुनाको अध्यक्ष एलिजर तामाङको हस्ताक्ष रहेको उक्त विज्ञप्तीको अन्तिममा भनिएको छ, सत्ता गठबन्धनले गरेको सहमति कार्यान्वयन नभए एकीकृत समाजवादीको गंगाजमुना विद्रह गर्न वाध्य हुने बताईएको छ ।
विज्ञप्ती जस्ताको तस्तैः