धुनीबेसी ३ को अध्यक्षका स्वतन्त्र उम्मेदवार परिवर्तन भन्छन् हार्न हैन, जित्न उठेको हुँ

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २४, २०७९

धादिङ । माओवादी केन्द्र धुनीबेसीका नेता कुमार बहादुर तामाङ (परिवर्तन) लाई आउदो बैशाख ३० को निर्वाचनले स्वतन्त्र बनाई दियो । जनतामा स्थापित शालिन र भद्र उनी भन्दछन्, आम मतदाताको नजरमा उम्मेदवारी छोड्नु हुन्न भन्ने थियो त्यहि भएर स्वतन्त्रबाट चुनाव लडेको हुँ ।

स्वतन्त्रबाट चुनाव लडे पनि मतदाताको ठुलो आड भरोसा छ, म हार्न र पार्टी सँग बदला लिन उम्मेदवारी दिएको नभई जित्नका लागि उम्मेदवार बनेको धादिङपोष्टलाई बताए ।

गुलाब चिन्ह पाएका परिवर्तन यतिबेला तपाई जिम्मेवार नागरिक बन्नोस् हामी बफदार सेवक बन्दछौं भन्दै घरदैलो गरि रहेका छन् । जनता कसैको दास र रैती होईनन्, मतदानबाट स्वतन्त्र निर्णय गर्ने सार्वभौम मालिक भएकोले आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन् ।

धुनीबेसी नगरपालिका वडा नम्बर ३ को अध्यक्ष उनी सहित कांग्रेसबाट प्रकाश हमाल, एमालेबाट बद्री प्रसाद कडेल, राप्रपाबाट भिम प्रसाद रेग्मी र स्वतन्त्रबाट अशोक कुमार पाण्डे, राजाराम सेढाई र विनोद पाण्डे उम्मेदवार छन् ।

०७४ को निर्वाचनमा यस वडाको वडा अध्यक्षमा ४ जनाको उम्मेदवारी रहको मध्य नेपाली कांग्रेका प्रकाश हमालले ६७१ मत ल्याउँदै विजयी भएका थिए । उनको प्रतिस्पर्धीहरु राजेशकुमार रुचाल एमालेबाट ६५२ मत, भिमसेन पाण्डे माओवादीबाट ४०२ मत, सुदिप सापकोटा राप्रपाबाट १० मत ल्याएका थिए ।