
काठमाडौं । एनसेलले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ ।
एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् ।
करसहि त रु. ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु. १० को मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युव र टिकटक) प्रयोग गर्न ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्तासम्म) को फाइदा लिन सक्छन् ।
यसका साथै ‘पहिलो सिम’ प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु. ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएकाे छ ।
