मेरि आमा तिमी…

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २१, २०७९

कताबाट फुकाउँ मेरा खुशीहरु
कताबाट लुकाउँ मेरा खुशीहरु
सबैतिर पुर्णता मात्र देख्छु आमा
कताबाट झुकाउँ मेरा खुसिहरु
मेरि आमा जन्मायौ
धर्तीमा कदम टेकायौ
अनि सुनौलो बाटो पनि
आफै देखायौ!
तोते बोलिमै म रुदाँ मेरि आमा
काखमा राखी फकायौ अनि
आफ्नो न्यानो काखमा
लिप्त बनायौ !
आफू हरेक पिडा र मर्म सहेर पनि
मेरि आमा
मलाई आंधी र हुरी अनि आउने
हरेक समस्या बाट छेकायौ!
मलाई ठुलो मान्छे बनाउन
कति सम्म गरेनौ मेरि आमा !
आफ्नो हातमा ठेला उठाएर अनि
पेट खाली राखेरै भए पनि
मलाई पढायौ
अनि लेखायौ आमा!
सपनिको ठूलो आसा
मैले बोकिरहदा मेरि आमा
आफ्नो ममताबाट त्यसको
गोरेटो पनि आफै देखायौ!

म आफैलाई धन्य सम्झन्छु मेरि आमा
जहाँ तिम्रो मुहारको हसिलो चमकले
मेरा कैयन अन्धकार रातहरुलाई
पनि ज्योतिको आभास देखायौ!
हो मेरि आमा म तिम्रो
मात्सल्यको पक्कै रिणि छु
तर पनी दिलको भित्री कुनाबाट
सम्पुर्ण तबरले म पुर्ण भएको
एउटा ज्वलन्त उदाहरण देखायौ !
त्यसैले मेरि आमा मेरो लागि
साक्षत भगवान तिमी अनि
शृस्टिको सर्बोच्च शक्ति पनि तिमी !

एउटा मुर्तीकारको सिल्प आकर दियौ
जिवनको रंगिन आभास देखायौ
मेरा रोगी सोचाइहरु पन्छाउदै
मेरा कैयन बदमासी हरुलाइ दबाउदै
समयलाइ पछ्याउने बनायौ
अफ्ट्यारोमा हास्न सिकायौ
खुसिमा जम्न सिकायौ
पहाडको त्यो उकालो
अनि ओरालोमा उल्लासले
रम्न सिकायौ
हो आम तिमी महान छौ
सायद म संग तिम्रो लागि खर्चिन
शब्दनै पर्याप्त छैन ,
केवल मात्सल्य प्रेरित
मनको भाव पोख्ने कोसिस मात्र…
साच्चै आमा म जताबाट हेर्छु
पुर्णता पाउछु
किनकी मलाई तिम्रो साथ छ।
अनि मेरो टाउकोमा तिम्रो हात छ

आज
मेरो सोचाई निखारिएको छ,
बुझाई तिखारिएको छ
भाव र भावनाहरु बदलिएको छ
सबैमाझ म भिज्न सक्ने भएको छु
आफैमा निर्णय लिन सक्ने भएको छु
निडरताका साथ बोल्न सक्ने भएको छु
हो आमा म बिल्कुल तिमिमै गएको छु

कठिन समयमा पनि
मुस्कानले शक्ति दिने
दुखमा साथरुपि हात
अनि सुखमा मिठो साथ दिने
मेरो पहिलो गुरु,
पहिलो प्रेम
पहिलो साथी तिमि नै हौ आमा..
हो आमा
मेरो लागि किस्मत पनि तिमी ,
शृष्टिकर्ता पनि तिमी ,
बिधाता पनि तिमी अनि
सबै भन्दा शक्तिशाली पनि तिमी
हो आमा,
मेरो लागि तिमी नै भगवान हौ
तिमी नै आकस हौ अनि
तिमि नै धर्ती हौ…