उम्मेदवारी फिर्ता गर्न आज साँझ ५ बजे सम्मको समय

Avatar photo
Dhadingpost
बैशाख १६, २०७९

काठमाडौं । निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । यो अवधिमा फिर्ता नलिएका स्वतन्त्र उम्मेदवारहरुलाई चिन्ह प्रदान गर्ने तयारीमा आयोग छ ।

स्वतन्त्र उम्मेदवारीका कारण धराव बन्दै गरेको सत्ता गठबन्धनका दलहरुले पार्टीको नीति बाहिर गएर दिईएको उम्मेदवारी फिर्ता गर्न निर्देशन गरि सकेका छन् ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निष्कासित जनाएको छ ।