मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड

Avatar photo
Dhadingpost
बैशाख ९, २०७९

हेटौंडा । बिहिवार राती हेटौंडा–९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड भएको छ ।

प्रतिमा तोडफोड भएको खवर पाए सँगै ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोलीको घटना स्थलपुगि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

आसन्न स्थानिय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर नै तोडफोड गरिएको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भन्डारीले आरोप लगाए । पार्कमा अन्य कुनै संरचनालाई क्षती नगरी मात्र मदन–आश्रित को मात्र प्रतिम तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।


जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन–आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो ।