माधव नेपालको दावी, वैशाख ३० मा हुने निर्वाचनले जनप्रतिनिधिको अधिकार हनन् हुन्छ

Avatar photo
Dhadingpost
चैत्र २६, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् हुने दावी गरेका छन् ।

एकीकृत समाजवादी निकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० बैशाखमा स्थानीय तह निर्वाचन हुनेमा आशंका समेत व्यक्त गरे ।

‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो, असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष नपुगेकोले बैशाख ३० गते चुनाव हुँदा असोजमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफनो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेका छन् ।