
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टलाई भोट दिएर देश बन्छ भन्नु साँढेले दूध दिन्छ भन्नु जस्तै हो त्यसैले निर्वाचनमा उनीहरुको बाकस खालि गरिदिनु पर्ने बताएका छन् ।
अबको चुनावमा जनताले विवेक नपुर्याए नेपाल श्रीलङ्का वा युक्रेन बन्न सक्ने उनले चेतावनी दिँदै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आह्वान गरेका छन् ।
पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले ‘साढेको टाङमुनि बाल्टी थापेर के दूधको आशा गर्नु रु जति सिर्कना हाने पनि, जति सुमसुम्याए पनि, जति दाना हाले पनि आउँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन । यी पार्टीहरू पनि यस्तै बाँझे भइसके ।’ नयाँ सोचका साथ देशलाई अगाडि लैजानका लागि राप्रपालाई भोट दिन लिङदेनले आग्रह गरे ।
