फेरि गैर सांसदलाई मन्त्री

Avatar photo
Dhadingpost
चैत्र २४, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः गैरसांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गठबन्धनका तर्फबाट बहस गरेका गैरसांसद कानून व्यवसायीलाई देउवाले कानून मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसका आधारमा गैर सांसदलाई पनि राष्ट्रपतिले बढीमा ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानको ७८ मा छ । सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिन नसके उनी स्वतः मन्त्रीपदबाट हट्नेछन् ।

प्रधानमन्त्रीको सिफारिसका आधारमा गैर सांसदलाई पनि राष्ट्रपतिले बढीमा ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था संविधानको ७८ मा छ । मन्त्री नियुक्तिका लागि सिफारिस गरिएका बन्दीको आजै दिउँसो २ बजे शपथ ग्रहण तय गरिएको जनाइएको छ ।

सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिन नसके उनी स्वतः मन्त्रीपदबाट हट्नेछन् । बन्दी माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुभाइ हुन् । यस हिसाबले बन्दी पारिवारिकरूपमा नेपालसँग जोडिन्छन् भने विगतमा माओवादीलाई द्वन्द्व मुद्दामा अप्ठेरो पारेका बन्दी अहिले भने प्रचण्डसँग पनि निकट सम्बन्धमा छन् ।

बन्दी नेकपा एसको गठनलगत्तै बनेको केन्द्रीय कमिटी सदस्य समेत थिए तर पछि उनको नाम हटाइएको थियो । पछिल्लोपटक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्ने बेला बन्दीले महत्वपूर्ण भूमिका खेलेको भन्दै गठबन्धनका सबै शीर्ष नेता उनीप्रति सकारात्मक छन् ।

यसअघि प्रधानमन्त्री देउवाले गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए । तीव्र विवादपछि हमालले २ दिनमै राजीनामा दिनुपरेको थियो । कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूको कार्यविभाजन हेरफेर गरी उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मा दिइएको छ ।