
काठमाडौं । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको छ ।
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ । विधानअनुसार कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिना अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने थियो । तर, यसअघि वैशाख १ गतेसम्ममा उम्मेदवारको टुंगो लगाइसक्न निर्देशन गरेपनि फेरि तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न सर्कुलर गरिएको हो ।
विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ । त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र माथिल्लो तहले टुंगो लगाउने व्यवस्था छ ।
विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ ।
त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र माथिल्लो तहले टुंगो लगाउने व्यवस्था भए सँगै हाल धमा धम उम्मेदवारहरु सिफारिस गर्न थालेका कांग्रेसका स्थानीय तहगत कमिटीहरु पछिल्लो सर्कुलरले रोकिएका छन् ।
