प्रधानमन्त्री देउवालाई गाउँबाट २१ डोको चिठी

Avatar photo
Dhadingpost
चैत्र १६, २०७८

काठमाडौं । सुदूरपश्चिमस्थित विभिन्न जिल्लाका झण्डै १ लाख नागरिकद्वारा हस्ताक्षर गरी डोकोमा भरेर ट्रकबाट एक साताअघि नै काठमाडौंमा ल्याइएपनि देउवाले सो पत्र बुझ्न समय दिएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिम सेती आयोजना निर्माण तत्काल अघि बढाउन अनुरोध गर्दै गाउँले (सुदूरपश्चिमवासी) ले २१ डोको चिट्ठी पठाएका हुन्।

पश्चिम सेती आयोजना निर्माण निम्ति दबाब दिइरहेको ‘बोलन्या थली’ ले सो पत्र काठमाडौंमा ल्याएको संयोजक यादव जोशीले रातोपाटीलाई जानकारी दिए । समय नमिल्दा प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि ‘बोलन्या थली’ले पत्र भरिएको डोकोसहित केही दिनयता माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ ।