बैंकिङ कसुर मुद्दाको फरार कृष्ण बहादुर थापा पक्राउ

Avatar photo
Dhadingpost
चैत्र ११, २०७८

काठमाडौं । रबिन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका फरार प्रतिवादी कृष्ण बहादुर थापा पक्राउ परेका छन् ।

१ करोड पच्चिस लाखको विगो वापतको रकम जरिवाना र सो को कानुन बमोजिम हुने व्याज समेतको विगो दाखिला गर्नु पर्नेमा सो नगरी फरर रहेका थापालाई बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ बुढानिलकण्ठ नपा. वडा नं. ८ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप।म।न।पा। वडा नं। २ बस्ने थापालाई अदालतबाट १ वर्ष कैद सजायको फैसला भएको थियो ।