नेवाः देयः दबुको प्रथम बागमती अधिवेशन हेटौंडामा जारी

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७८

सन्जु श्रेष्ठ
हेटौंडा ।
नेवार समुदायको स्वतन्त्र संस्था नेवाः देयः दबु बागमती प्रदेशको प्रथम प्रथम अधिवेशन हेटौंडामा सुरुभएको छ ।

नेवार समुदायको भाषा संस्कृति, रिति रिजावको संरक्षण तथा अधिकार सुनिश्चितको लागि गठन भएको यस संस्था केन्द्र देखि प्रदेश जिल्ला हुँदै पालिका स्तरमा समेत नेवाः देयः दबु गठन हुन थालेको छ ।

आज हेटौंडामा सुरु भएको नेवाः देयः दबु वागमती प्रदेशको प्रथम अधिवेशन वागमती प्रदेश सभापती उमेश स्थापितको अध्यक्षतामा तथा वागमती प्रदेशसभाको समामुख सानू कुमार श्रेष्ठको प्रमुख आतिथ्यता नेवा देय दबुको केन्द्रीय अध्यक्ष नरेश कुमार ताम्राकारको बिशिस्ट अतिथ्यता र केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको विशेष अतिथ्यातामा सुरुभएको हो ।

अधिवेशनले आज प्रदेश समिती तथा महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नेछ । केन्द्रीय महाधिवेशन चैत्र १४ गते धरानमा हुदैछ ।