नारी दिवस र महिला सशक्तिकरण

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २४, २०७८

“A women is like a tea bag;
you never know how strong
she is Until she gets in hot water.” –Eleaner Roosevelt
सृष्टिको आधार तिमी
वर्षाको लागि बादल तिमी
फूलका लागि सुगन्ध तिमी
सम्पूर्ण अस्तित्वको आधार तिमी
चेतना अनि सार्थकताकी बिम्ब तिमी
प्रकाशका लागि किरण तिमी
मानवजीवनका लागि परिश्रम तिमी
अन्धकारमा गुम्सिएका अभावको दियोलाई
सल्काएर आफ्नै हात जलाउने
दयाकी प्रतिमूर्ति पनि तिमी नै तिमी

आफ्नो निजी स्वतन्त्रता अथवा आफ्नो जीवनमा जोडिएका सम्पूर्ण निर्णय स्वयमले फैसला लिनको लागि महिलाको अधिकार दिनु नै महिला सशक्तिकरण हो । महिला सशक्तिकरण भौतिक या आध्यात्मिक, शारीरिक या मानसिक सबै स्तरका महिलामा आत्मविश्वास उत्पन्न गराई उनीहरुलाई सशक्त बनाउने प्रक्रिया हो ।

एक यस्तो समाज थियो जब महिलाको कुनै प्रकारका अधिकार दिन गलत मान्ने गरिन्थ्यो ।उनीहरुलाई पुरुषको पैतलाको धुलो, खुट्टाको जुत्तासम्म सम्झने गरिन्थ्यो , तर आज विश्व समाज आधुनिक बन्दै आएको छ, जहाँ बिस्तारै बिस्तारै महिला आफ्नो प्रयोग गरिरहेका छन् । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् , पुरुष र महिला बिच भेदभाव गरेमा आधा आकाश धान्ने महिला वर्गको उत्थान हुन सक्दैन ।

देश , समाज अथवा परिवारको उज्ज्वल भविष्यका लागि महिला सशक्तिकरणको अत्यन्तै जरुरी छ । जसबाट ऊ हरेक क्षेत्रमा ‘सबै बन्धनबाट मुक्त ‘ भएर आफ्नो निर्णयको निर्माता आफै होस् अर्थात आफ्नो आफै फैसला लिन सकोस् चाहे त्यो स्वयम् देश, परिवार वा समाज जुन सुकैको लागि पनि होस् । महिला सशक्तिकरण अन्तर्गत महिलासँग जोडिएका सामाजिक, आर्थिक, राजनैतिक अथवा कानुनी मुद्दासँगका संवेदनशील सरोकारहरुमा महिलाको पहुँच पुगोस् ।

विश्वमा महिलाको हिस्सेदारी आधा होस् तर विश्वको कुल कामकाजको घण्टामा उनको दुई तिहाइ हिस्सेदारी हुने गर्दछ । अत: महिलाका हक अधिकार पाउनको लागि एक जरुरी हतियार हो महिला सशक्तिकरण । अत: जुन घरमा नारीको सम्मान हुन्छ । त्यस घरमा ईश्वरको बास हुन्छ ।