आवाज रोकिँदैन

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १५, २०७८

माटोको ममता छैन राष्ट्रवाद भजाउँछ ।
बोल्दैन, मुख खोल्दैन स्वार्थसम्झी रमाउँछ ।
जनइच्छा नकारेर सत्ता दम्भ देखाउँछ ।
लाठी, पानी फोहोराले जन माथ दबाउँछ ।।१।।

काट्टो खाएर सम्मृद्धि आउँदैन कसै गरी ।
थापेको हात यो माथि रहँदैन कसै गरी ।।
खा, खा, खा किन भन्दै छ प्रश्न गर्छु निरन्तर ?
स्वार्थको अमिलो गन्ध फैलिँदो छ सबैतिर ।।२।।

झुकेनन् वीर ती पुर्खा लडे स्वाधीन खातिर ।
हिमाली शिर त्यो हाम्रो लत्रिएन कतैतिर ।।
इतिहास खुसी लाग्छ वर्तमान पिरोल्दछ ।
अशान्ति द्वन्द्वको बीज छर्दै कोही गिजोल्दछ ।।३।।

देशको अस्मिता लुट्न गिद्दे नजर लाउँछ ।
अमृत औषधी भन्दै तिक्त विष खुवाउँछ ।।
लोभिन्छन् त्यसमा हाम्रा सत्ताका लुब्ध भक्षक ।
आमा बेच्न खटिँदै छन् राष्ट्रघाती ति तक्षक ।।४।।

आमालाई जलाएको कसरी हेर्न सक्छु र ?
स्वाभिमान गुमाएर कसरी बाँच्न सक्छु र ?
त्यसैले ए १ खबर्(दारी गर्छु म त निरन्तर ।
स्वाधीन देश यो हाम्रो बनाउनु छ सुन्दर ।।५।।

रमेश खतिवडा, बेनिघाट रोराङ१०, धादिङ ।