सत्य र सदाचारिता बिहिन किन ?

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १३, २०७८

जहाँ सोचाई बुझाई र आफुले गर्दै गरेको काम कुराको समिक्षा गर्ने साहस र सामर्थ्य हुन्न त्यहाँ सुधार अनि सकारात्मक पक्ष गौण बन्दै जान्छ । भनिन्छ नि सत्यता, उदारता, सरलता, मधुरता अनि मिठासपनले मानिसमा गुणात्मक पक्षको सम्बोधन गर्छ । कटुतापुर्ण ब्यबहारले त बिगारको मानसिकतालाई प्रस्रय दिने हो जहाँ करुणा भावको कुनै स्थान हुन्न । घर, समाज, समुदाय, कार्यालय, विद्यालय, राजनीति जुन सुकै क्षत्र होस सभ्य र सु सस्कृत बातावरण लाई आत्मसात गरिएन भने व्यक्ति बिकास संगै राष्ट्र र रास्ट्रियता मजबुतिको अनुभुत गर्न सकिँदैन । पछिल्लो समय हामिकहा देखिदै गएको परिदृश्यले हामि कुन बाटो हिड्दै छौ प्रस्ट देखाई रहेको छ ।

जहाँ भ्रष्ट रुग्ण मानसिकता को हाबी हुन्छ त्यहाँ ईमान्दरिता गौण हुन्छ अझ परिणाम त अपेक्षा नै हुदैन। हामिले हिजो आज रास्ट्रहित र सहि मुद्दाको सुनुवाईको लागी राजधानीको सडकमा गरिएको आन्दोलनमा जुन खालको अराजकता देखाएका छौं यसले भ्रष्ट कु सस्कारलाई सम्बोधन गर्छ । भौतिक आक्रमण, संरचना तोडफोड लगायतको गतिबिधी जायज मागको लागि जायज बाटो होला र ? हो सार्वभौमसत्ताको लागि सबै एक हुनु पर्छ तर सान्तिपुर्ण र सम्मेमित तरिकाले ।

नागरिक समुह, युवा,अधबैंसे वृद्ध, राजनीतिक विचारधाराका अनुयाई हुन वा सामान्य नागरिक, आखिर हामिमा मौलाएको सस्कार र सस्कृती त समान नै रहेछ । जसलाई अराजकतारूपी संस्कारको फल भन्दा गलत नहोला कि । त्यसो त राज्य परिचालित सुरक्षा निकाय पनि कहाँ अछुतो देखियो र भलै निर्देसनको सिरोपर किन नहोस हस्तक्षेप त यहि बिग्रेकै सस्कारको न हो । असभ्य समाज र व्यवहारमा कानुन आफै अराजक देखिन्छ । इमान्दारिता भित्र पनि ठग र बदमाश चरित्र घुस्छ ।

प्रसासनिक होस वा न्यय लय सबैको एउटै समस्या अराजकता भित्र मौलाएको बिकृत पक्ष हाबी तर नियत्रणमुखी निकाय र संयन्त्र शून्य सुधार नितिमा देखिए पछि हामी कसरी सुध्रने होइन र ? आज हामी जुन वातावरणमा छौं वा जस्तो वातावरण सिर्जना गर्दै छौ समीक्षा र सुधार कस्ले र कहिले गर्ने ? जबसम्म हाम्रो मनोवृत्ति/मनोधारणा सहि वातावरण, सहि अनुभव र सहि शिक्षाबाट प्रेरित हुदैन तब सम्म राम्रोको लागि नराम्रो बाटो रोजि रहन्छौ ।

घर, परिवार, समाज, समुदाय, विद्यालय, कार्यालय, सञ्चार माध्यम, सांस्कृतिक पृष्ठभूमि, धार्मिक तथा सास्कृतिक पृस्ठभुमी, परम्परागत विश्वासहरू अनि राजनीतिक परिवेशले मनछेको ब्यबहारिक पक्षलाई सिधा प्रभाव पार्छ । अनि भौतिक वातावरणको शुद्धताले त झनआनव मन र मस्तिस्कलाई सकारात्मकको गहन प्रभाव छोडी दिन्छ । यसको बिपरित प्रदूषित वातावरण र सोचले मानवको मन, मस्तिष्क र चेतनात्मक जीवनशैली संगै भौतिक वातावरण लाई नै प्रदुशित बनाउन पुग्छ ।

हो अहिले हामिमा देखिएको यहि पक्ष हो । हामिले बिगत लामो समय देखि राजनितिको खराब अभ्यास भित्र रहेर नकारात्मक तथ्यहरुलाई सात र समर्थन गर्दै आयौं । स्कुल कलेज देखि नै बन्द हडताल अराजकता र यसमा अपनाउनु पर्ने नकारात्मक बाटोको प्रभाव छोड्दै आयौ अनि घर समाज र समुदाय ले पनि यस्ता गतिबिधिलाई आँखा चिम्लेर स्विकार्दै आयौ । जसको उपज आज भौतिक, सांस्कृतिक, व्यक्ति, समाज र राष्ट्रमै अशान्ति सिर्जना गरेको छ । नकारात्मक सोच र अभ्यासले मानसिक अशान्ति सिर्जना सगै देशको शान्ति , सुरक्षा अनि हाम्रो सार्वभौम सभ्यताको आन्तरिक र बाह्य दुवै पक्षलाई जटिलता तिर धकेलिरहेको छ ।

प्रत्येक व्यक्तिले आफ्नो वातावरण र परिवेश अनुसार सँगालेको अनुभवहरुले उस्को जीवनशैली र व्यवहार लाई झल्काउछ । सुन्दर मन, न्यायमूलक आत्मा, समतामूलक भाव, प्रेमिल संस्कार र समुन्नत जीवनशैलीले सकारात्मक अनुभव देखाउने हो र उनिहरुले नै अरुको मनोवृत्ति सकारात्मक रुपमा बुझ्न सक्छ । त्यसैले त घर पहिलो पाठ शाला भन्ने गरिन्छ , यदि घरबाट बाल्यकाल देखिनै सु–संस्कृत र सभ्य व्यवहार संगै सकारात्मक प्रवृत्ति गत आचरण र सदाचारिता को अभ्यास गराउन सकेको खण्डमा भविष्य सभ्य बम्मे हो अनि सकारात्मक नेतृत्वको निर्माणमा सघाउ पुग्ने हो ।

अन्यथा निमको बीउ रोपेर चिनिको स्वादको अपेक्षा कहाँ पूरा हुन्छ र । आजको राजनीतिक अभ्यासको क्रियाकलाप हिजोको सिकाइ र संस्कारको परिणाम न हुन जसको अनुसरण निरन्तर भो तर सुधार गर्न सकिएन । जहाँ सुधारको प्रयास हुदैन त्यहाँ सकारात्मक फलको लागि नकारात्मक बाटोनै अघि बड्छ । आजको आवश्यकता सुधारिएको राजनीति स्थापित गराउने हो , जहाँ रास्ट्रियता बोध होस, आफ्नो पन झल्कियोस अनि जो कसैको हस्तक्षेप कारी नितिमा एक भएर डट्न सकियोस।

शिक्षा र सदाचारीताको कमि : औपचारिक होस वा अनौपचारिक शिक्षाले व्यक्तिको जीवन र ब्याक्तित्व बिकासमा अहम भुमिका खेल्छ । संगै बाह्य गतिबिधिमा आफुलाई कुन रुपमा प्रस्तुत गर्ने भन्ने धार पनि तय गर्छ । शैक्षिक सर्टिफिकेट मात्र होईन उसको सिकाई बुझाई र अभ्यासले कुन बाटो मोड्यो त्यसले ब्यक्तिको सहि परिचय दिन्छ । तर हामी आफैमा मुल्यांकन हुदैन कि सहि र गलत को तादम्यता । बाहिरी जानकारी र सूचना प्रशस्त हुदा हुँदै पनि आन्तरिक ज्ञान र विवेकको अभावले हामी सहिको लागि गलत बाटो अपनाउछौ ।

शिक्षाले दिने ज्ञान शान्त, संयम, समुन्नत सोच बिचार र करुणा भावलाई अंगाल्ने हुनु पर्छ न कि राजनिती भित्र अट्ने अस्थिरताको आधार । त्यसैले हाम्रो शिक्षा त्यस्तो होस जसले उत्पादकत्व वृद्धिमा योगदान देओस् । सकारात्मक नेतृत्व क्षमताको विकास संगै समस्या समाधानको सहि बटो खोज्न सक्ने होस । प्रवृत्ति गत आचरणलाई सुधार्न सकोस अनि ब्याक्तित्व विकास, सामाजिक सास्कृतिक सुन्दरताको सम्मान गर्न सकोस । तर के हामिले यस्तै शिक्षा प्रणाली अबलम्बन गरेका छौ त ? मौलाउदै गएको युवा अराजक मानसिकताले हाम्रो शैक्षिक गुणस्तरीयतालाई सहि सम्बोधन गरेको छ ? नेतृत्व विकासमा हाम्रो शिक्षाले सगाउ पुर्‍याएको छ ? बिल्कुल छैन, किनकि हामिमा सकारात्मक भन्दा नकारात्मक मनोवृत्ति हाबी छ ।

रिस, राग , लालच, क्रोध, द्वेष जस्ता नकारात्मक मनोवृत्तिका परिणाम हिजो आज देखिएका प्रवृत्तिगत आचरणका फल हुन । जहाँ शान्तिपुर्ण आन्दोलन अराजकतामा जान्छ , जायज मागको सम्बोधनलाई नाजायज बाटोबाट प्रयास गरिन्छ । हरेक तह र तप्कामा राजनिती नै हाबी हुदा शिक्षित युवा जमात नै अक्सर भौतिक र संरचना गत अराजकतामा होमिएका छन । अनि कसरी शैक्षिक डिग्रीको सम्मान हुन्छ । त्यसैले अबको टड्कारो आबश्यकता प्रत्येक व्यक्तिले आफ्नो आन्तरिक पाटो सुधार्दै सकारात्मक मनोविज्ञान, संस्कार सहितको अभ्यास र समुन्नत जीवनशैली सम्बोधन गर्ने आचरण अनुसरण गर्नु आवश्यक छ ।

अर्को तिर हामी सत्य र सदाचारिता भन्ने कुरा पुर्ण रुपमा भुल्दै छौँ । सही आचरण, शिष्ट व्यवहार, र अनुशासित जीवनशैलीले ब्यक्तीको सदाचारितालाई प्रस्टाउछ । हामिले भुल्नै नहुने कुरा धन, सम्पत्ति , मान, सम्मान, शिक्षा, पद र प्रतिस्ठा भन्दा निकै ठूलो सम्पत्ति हो सदाचारी आचरण । जसले ब्यक्तिलाइ धैर्य, सहनशिल, सम्मेमित र संवेदनशीलताको पुर्ण त महसुस गराउछ । अनि जुन सुकै प्रयास शुझ बुझका साथ सम्पन्न गर्न प्रेरित गर्छ ! यति हुन सकेको खण्डमा समाज समुदाय र रास्ट्र हितको मामिला प्राथमिकतामा पर्न सक्छ । तर यश बिपरितका अभ्यासले आएका र आउने उपलब्धिलाई पनि बन्देज लगाईदिन्छ । कतै हामीमा पनि यस्तै बिपरित प्रवृत्तिगत आचरण हाबी भएको त होईन ?

भौतिक संरचना फोडिएको छ, सुरक्षा घेरा तोडिएको छ, ढुङ्गा मुढाको नीति अपनाईएको छ यी सबै अराजकता होईन र ? जुन पाठ हामिले बिगत देखि सिक्दै आयौ त्यसैलाई निरन्तरता दिई रहेका छौं । समय अनुसार सबै कुरा परिवर्तन हुने तर अराजक मानसिकता किन नहट्ने ? जायज पनको लागि सडक तात्दैन , केही अपेक्षाको लागि जनता जुरमुराउदै छ तर शुझ बुझ बिनाको कुनै आन्दोलनले आसातित परिणाम लाई अझ पर धकेल्न सक्छ । सत्ता र शक्तिको साथ रास्ट्र र जनहितमा थिएन र हुदैन हामिकहा, अनि हामी किन एक आपसमा टाउको फोराफोर गर्ने ? सभ्य र सदाचारी माहोलले पनि त कति आन्दोलनका परिणाम जन पक्षिय आएका उदाहरणहरु छन ।

हो यति बेला सबै जुट्नु पर्छ जुन हाम्रो सार्वभौम सत्ता र दिगो शान्तिमा खलल पुग्ने कोसिस लाई रोक्नु छ तर तोडफोड र हुल दङ्गाले कतै हाम्रो प्रयास झन कुन्ठित हुने त होइन । आत्मबल/आत्मानुसासनको अभाव, आत्मीयता क्षुर्ण, वैरभाव, दुष्ट प्रवृत्ति अनि अराजकता हाम्रो राजनितिको अभ्यास हो भन्ने बुझेरै पनि हामी अबुझ बन्नू किमार्थ ठिक होईन । राजनिती बाट पर रहि दुर दृस्टीले सोचेर बिशुद्द नागरिकको हिसाबले सदाचारितालाई आत्मसाथ गर्दै अघि बढौ त शान्तिपुर्ण आन्दोलनले नै हामी माथिको गिद्दे नजरलाई घुडा टेकाउन सक्छौं । जुटौ नागरिक बनेर कुनै कार्यकर्ता होईन! हामी सक्षम छौ गलतको प्रतिकार गर्न अराजक बाटो बाट होइन शान्तिपुर्ण बाटो बाट ।