खरीको त्रिपुरासुन्दरी र अन्नपूर्णमा अनेरास्ववियु गठन

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७८

धादिङ । एमाले निकट अनेरास्ववियुले धादिङको ज्वालामुखी गाउँपालिका ५ खरीमा रहेको त्रिपुरासुन्दरी र अन्नपूर्ण माध्यामिक विद्यालयमा प्रारम्भिक कमिटी गठन गठन गरेको छ ।

अनेरास्ववियुले त्रिपुरासुन्दरीमा मन्जु श्रेष्ठको अध्यक्षतामा ६३ सदस्यीय र अन्नपूर्णमा जोशन थापा मगरको अध्यक्षतामा ४९ सदस्यीय प्रारम्भिक कमिटि गठन गरेको हो ।

प्रारम्भिक कमिटि गठनका लागि अनेरास्ववियुका नेता जित प्रसाद सिटौला, विनिता अधिकारीहरु लगायतका नेताहरु खरी पुगेका हुन् ।