
धादिङ । जनजागरण तमु समाज सिम्ले “संस्कृति जोगाउँ, संस्कार जोगाउँ, लामा, गुरू, पुरेत जोगाउँ “ भन्ने अभियानलाई कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
ूतमु धी स्याङसाङनाम्दो बुसानू दक्षिण कोरियाले यस अभियानका लागि ७९ हजार ५९१ रुपैयाँ सहयोग गरेको हो । यस्तै यस् अभियनाका लागि नेपाल, कोरियार, जापानबाट गरि जम्मा १ लाख ४९ हजार ४३० संकलन भएको बताईएको छ ।
सहयोगी सबैलाई नीलकण्ठ नगरपालिका २ चिसापानी को लामा गुरु पुरेतको पुनःस्थापन गर्नको लागि गुफा कार्यक्रमको प्रर्तिनिधित्व गर्दै पुरेत शुनिल गुरुङले धन्यावाद दिएका छन् ।