आज ४३७ जनामा कोरोना पुष्टि

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सक्रिय संक्रमित घटेर १४ हजार ४३५ कायम भएको छ । अघिल्लो दिन यो संख्या १६ हजार ६१६ जना रहेको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४५४ जना भने संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार १३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ४१२ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४८ हजार ७८४ जना निको भएका छन् ।