मोटरसाईकलको ठक्करबाट पूर्व प्रहरी इन्स्पेक्टर मुक्ती सिक्देलको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ बैरेनीमा शुक्रबार बिहान मोटर साईकलको ठक्करबाट मर्निङवाकमा रहेका पूर्व प्रहरी इन्स्पेक्टर मुक्ती सिक्देलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक २ पात्लेका चालक लोकबहादुर मगरले चलाएको बा. अ.३४ प ५०५२ नम्बरको मोटर साईकलले ठक्करदिँदा मर्निङवाकमा रहेका सिक्देलको घटना स्थल मै मृत्यु भएको हो ।

ठक्कर दिएर मोटर साईकल छाडेर भागेका उक्त मोटरसाईकलका चालक मगरलार्ई प्रहरीले खानीखोलाबाट नियन्त्रणमा लिएको थियो ।