
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ४ हजार २६० जनाको पीसीआर गर्दा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १८२६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको छ ।