ढोलामा जारी फुटबलको उपाधी छापछाेक मैदीले जित्यो

Avatar photo
Dhadingpost
बुधबार, माघ २६, २०७८

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ढोला स्थित लिङगेढुङ्गा पोखरीपानीमा जारी पुरुष फुटबल प्रतियोगिताको उपाधी सीवाईसी छापथाेक मैदीले जितेकाे छ ।

सिर्जनशिल कालिका युवा समाज ढोला पोखरीपानी ज्वालामुखीले आयोजना गरेको यस प्रतियोगितामा साविकका गाविसहरु मैदी, ढोला, खरी र चैनपुरबाट १२ टिमले सहभागिता जनाएका छन् ।

आज भएकाे फाईनल खेलमा सीवाईसी मैदी छापथाेकले सनराईज युवा क्लवलाई ३-१ काे गाेल अन्तरले हराउँदै उपाधी हात पारेकाे हाे ।

हिजो भएको पहिलो सेमीफाईनल खेलमा लगनशिल युवा क्लवलाई पराजित गर्दै सीवाईसी छापथोक मैदी फाईनल पुगेको थियाे भने आज भएकाे अर्को सेमीफाईनल खेलमा सिर्जनशिल कालिका युवा समाजलाई पराजित गर्दै सनराईज युथ क्लब फाईनल पुगेकाे थियाे ।

सेमिफाइनलमा राेकिएका दुई टिमहरु लगनशिल युवा क्लव र सिर्जनशिल कालिका युवा समाज बीच तृतीय स्थानकाे लागि भएकाे खेलमा लगनशिलले सिर्जनशिललाई ४-१ काे गाेल अन्तरले हराएकाे राज अर्यालले धादिङपाेष्टलाई जानकारी दिए ।

यस प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार, दितिय पुरस्कार २० हजार र तृतिय पुरस्कार १० हजारको साथमा शिल्ड मेडल र प्रमाण पत्र आजै प्रदान गरिएकाे आयाेजकले जनाएकाे छ ।

माघ २३ गते देखिबाट सुरुभएको यस प्रतियोगितामा १२ टिम सहभागि थिए । दुई समुह बनाएर खेलाईएको यस प्रतियोगिताको जसमा समुह ए मा तामसालिङ युथ क्लव, सृजनशिल कालिका युवा क्लव बी, मैदी युनाईटेड, लगनशिल युवा क्लव, सीवाईसी छापथोक, धुसेनी सविस र समुह बीमा एमएमसी युवा क्लव, सहारा फुटबल क्लव, सनराईज फुटबल क्लव, ब्राईट पुर्सु फुटबल क्लव, सृजनशिल कालिका युवा क्लव ए, एकता खेलकुद क्लव खेलेका थिए ।